हुलास फिनसर्भ हायर पर्चेजको विशेष साधारणसभा असोज ७ गते, यस्ता छन् मुख्य एजेण्डा
arthasansar.com · Tue Sep 08 02:26:17 GMT 2026

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धी कार्य गर्न इजाजतपत्र प्राप्त संस्थाको विशेष साधारणसभा असोज ७ गते दरबार मार्गमा रहेको होटल याक एण्ड यतिमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभाले सामान्य प्रस्तावका रुपमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
Read full story at source (arthasansar.com)