पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्गको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
आज बिहान सडकखण्डमाथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।
Read full story at source (hamrakura.com)