माछा मार्ने क्रममा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
kendrabindu.com · Mon Apr 27 07:15:15 GMT 2026

गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए ।
Read full story at source (kendrabindu.com)