चीनले भन्यो, नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिनु
kendrabindu.com · Tue Jun 16 03:33:35 GMT 2026

काठमाडौं । चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
‘उनले (वाङले) चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताए,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
Read full story at source (kendrabindu.com)