भारत र चीनबिच भएको सीमा सम्बन्धी सम्झौतामा के छ ?
ratopati.com · Fri Aug 28 09:51:28 GMT 2026

काठमाडौँ । भारत र चीनबिचको सीमा प्रश्नसम्बन्धी २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता बेइजिङमा सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिला आयोगका निर्देशक वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच भएको उक्त बैठकमा दुवै पक्षले सीमा समस्याका बारेमा आठ–बुँदे सहमति गरेका छन् ।
सीमा सम्बन्धी छलफल र सहमति भए पनि यसपटकको सम्झौतामा कतै पनि लिपुलेक उल्लेख गरिएको छैन । नत्र यसअघि भारत–चीनबिच हुने सीमा सम्बन्धी हरेक छलफलमा लिपुलेकको विषय उल्लेख हुन्थ्यो । यसअघि अजित डोभाल नै चीन गएको बेला लिपुलेकको विषयमा सहमति भएको थियो ।
Read full story at source (ratopati.com)