स्थानीय तहलाई उपेक्षा नगर !
baahrakhari.com · Fri Aug 28 09:53:37 GMT 2026

यस पटकको बाढीले २०७२ सालको भूकम्प सम्झायो । त्यस वर्ष वैशाख १२ गतेको भूकम्पपछिका अनुकम्पहरूले तर्साएको तर्सायै गरिरहेका थिए । यो वर्षको भोटेकोसी बाढी पनि बुधवारको विध्वंसपछि समेत रोकिएन । शुकवार चीनको तिब्बतमा जमेको हिउँताल फुटेर भोटेकोसी हुँदै अर्को ठूलो बाढी आएको छ ।
यसपटकको बाढीको अग्रीम सूचना भएकाले कसैको पनि ज्यान नजाला भनेर आशा गर्नुबाहेक गर्न सकिने सायद धेरै छैन । अस्तिको बाढीमा हराएकाहरूकै खोजी जारी छ । उद्धार गरिएकाहरूमध्ये घाइतेको उपचार भइरहेको छ । भेटिएका शवको पहिचान प्रक्रिया पनि थालिएको छ ।
Read full story at source (baahrakhari.com)