तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै
nagariknews.nagariknetwork.com · Tue Sep 08 02:49:41 GMT 2026

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ। सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो। सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो। आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ। छ वटा ती उपकरण परिचालन गरिँदै छ। आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)