‘मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्रै सीमित गरिने’
nepalnews.com · Tue Jul 07 13:31:03 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्र सीमित गर्ने प्रक्षेपणसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने जानकारी दिए। उनले समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यका साथ मौद्रिक नीति ल्याइएको बताए। यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधार गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रिया प्रस्ताव गरिएको उनले बताए।
Read full story at source (nepalnews.com)