काबो भर्डेले अत्याएको अर्जेन्टिनालाई मेस्सीको भर, इजिप्टका सलाहको डर
shilapatra.com · Tue Jul 07 13:36:30 GMT 2026
यसअघि बलिया दाबेदार नमानिएका टिमले विश्वकप फुटबलमा सनसनी मच्चाइरहेका बेला डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अफ्रिकी टिम इजिप्टसँग खेल्दै छ । नेपाली समयअनुसार आज राति पौने १० बजे हुने खेललाई लिएर इजिप्टमा ठूलो उत्साह छ । घर, बस्ती, बजारदेखि पार्कसम्म डिफेन्डिङ च्याम्पियनलाई हराउन सक्ने चर्चा चहिरहेको छ ।
अर्कोतिर नवप्रवेशी काबो भर्डेले अत्याएको अर्जेन्टिनालाई फेरि अर्को अफ्रिकी राष्ट्रसँग जोगिनुपर्ने चुनौती छ । किनकि यसपटकको विश्वकप फुटबलमा प्रभाव नाम चलेका देशको मात्रै रहेन । नवप्रवेशीदेखि औसत देशले बलिया, विश्वकप जितेका देशलाई सुरुबाटै घर पठाइदिए । जसले बाँकी टिमलाई सोचेर खेल्न, नभए विश्वकप नसकिँदै स्वदेशको टिकट काट्न बाध्य बनाएको छ ।
Read full story at source (shilapatra.com)