राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ अलपत्र
gorkhapatraonline.com · Tue Sep 08 03:06:26 GMT 2026

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे दुई करोड रुपियाँ बराबरको स्याउ बाटोमै रोकिएको हो।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ४० देखि ४२ वटा गाडीमा रहेको स्याउ बाटोमै रोकिएको छ। उहाँका अनुसार सेरावाडामा १४–१५ वटा, भिग्ममा सात वटा र हुल्ममा २० वटा स्याउ बोकेका गाडी सडक अवरुद्ध हुँदा रोकिएका छन्। ती गाडीमा ढुवानी गरिएको स्याउको मूल्य करिब दुई करोड ५० लाख रुपियाँ बराबर रहेको उहाँले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)