‘नौतुना रेलैमा…’ मा हामी तीन गायिकाको स्वर छ, तर धेरैलाई अझै थाहा छैन’: सहिमा श्रेष्ठ, गायिका
kalakarmi.com · Tue Jul 07 13:47:04 GMT 2026

काठमाडौं– पछिल्लो समय नयाँ नेपाली फिल्म ‘पार्वती’ को रत्यौली भाकाको गीत दर्शक–स्रोतामाझ लोकप्रिय भएको छ, सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ । विशेषगरी उक्त गीतमा समावेश शब्द ‘जाइको फूल चमेली तेलु’ टिकटक तथा रील्समा अत्यधिक प्रयोग भइरहेको छ । गीतको लोकप्रियतासंगै कलाकर्मी ले गीतका तीन गायिका मध्ये एक सहिमा श्रेष्ठासंग गीत रेकर्डिङ गराउँदाको अनुभव शेयर गर्न आग्रह गरेको छ ।
गायिका श्रेष्ठलाई उक्त गीत गाउने प्रस्ताव संगीतकार दीपक शर्माले गरेका थिए । प्रारम्भमा गायिका श्रेष्ठले उक्त गीत एकल रुपमा गाउने सोच बनाएकी थिइन् । यद्यपि, रेकर्डिङ स्टुडियोमा पुगेपछि मात्रै यो गीतमा तीन जना गायिकाको संयुक्त स्वर रहने जानकारी पाउँदा उनी आश्चर्यचकित भएकी थिइन् ।
Read full story at source (kalakarmi.com)