नारायणगढ–मुग्लिन सडकखण्ड: तुइन खोलाको जोखिमपूर्ण ढिस्का भत्काउन थालियो
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का भत्काउने काम आज पनि निरन्तरता दिइएको छ। सवारीसाधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न शुरू गरिएकोमा आजदेखि ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसाल्ने काम थालिएको छ।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक बन्द गरिएको समयमा छ वटा व्याक ह्याम्बर परिचालन गरी ढिस्का झार्न थालिएको हो। आवश्यकताअनुसार थप उपकरणहरू प्रयोग गर्न निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको उनले बताए। प्राविधिक एवं मजदुरहरू पेटीको सहायताले भिरमा झुन्डिएर जोखिमपूर्ण ढिस्का झार्ने काम गरिरहेका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको समय पारेर तुइन खोलामा आंशिक रूपमा सवारी रोकिएर पहिरो नियन्त्रणको काम अगाडि बढाइएको हो।
Read full story at source (hamrakura.com)