नेपालको विपत्तिमा भारतको सक्रियता, परराष्ट्रमन्त्री जयशंकर निरन्तर छलफलमा
himalpress.com · Fri Aug 28 09:57:02 GMT 2026

काठमाडौँ- नेपालमा बाढी तथा पहिरोबाट उत्पन्न विपत्तिप्रति भारतले निरन्तर चासो राख्दै राहत तथा उद्धार कार्य र थप सहायता सामग्री पठाउने विषयमा उच्च तहमा छलफल अघि बढाएको छ। भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले शनिबार मन्त्रालयका उच्च अधिकारीहरूसँग नेपालमा जारी राहत तथा उद्धार कार्यको समीक्षा गर्दै थप राहत सामग्री पठाउने तयारीबारे छलफल गरेका छन्।
परराष्ट्रमन्त्री जयशंकरले मन्त्रालयका महाशाखाहरूले नेपालतर्फ पठाउनुपर्ने थप राहत सामग्रीबारे समीक्षा गर्दै आवश्यक व्यवस्था मिलाएको जानकारी दिएका छन्।
Read full story at source (himalpress.com)