केप भर्डेसँगको खेलपछि मेसीले भनेका थिए- म निकै थाकेको छु
nepalpress.com · Tue Jul 07 14:12:26 GMT 2026
एजेन्सी । अघिल्ला खेलहरुमा निकै कठिन संघर्ष र मनोवैज्ञानिक दबाब झेलेर आएका अर्जेन्टिना र इजिप्ट आज क्वार्टरफाइनलका लागि एटलान्टामा भिड्दैछन् । दुवै टोलीले क्वार्टरफाइनलको खेलका लागि आराम गर्न चार दिनभन्दा कम समय पाए । यही कारण दुवै टोली निकै थकित अवस्थामा मैदान छिर्दैछन् ।
अर्जेन्टिनाले गत शनिबार केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको थियो । इजिप्टले अस्ट्रेलियालाई १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । दुवै टोलीले १२० मिनेट लामो संघर्षपूर्ण जित हासिल गरेका थिए ।
Read full story at source (nepalpress.com)