अपर त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट एस्काभेटर लगेर थालियो काम
clickmandu.com · Fri Aug 28 09:59:05 GMT 2026

काठमाडौं । रसुवा बाढीका कारण अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार प्रयास भइरहेको छ । बाढीको लेदोले क्याम्प क्षेत्र पूर्ण रूपमा पुरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको अवस्था अत्यन्त कठिन र जोखिमपूर्ण रहेको जनाएका छन् ।
मन्त्री श्रेष्ठका अनुसार, प्रतिकूल परिस्थितिका बाबजुद पनि आयोजना स्थलमा फसेकाहरूको उद्धार र पहुँच स्थापना गर्ने कार्यलाई निरन्तरता दिइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मन्त्रालय र सम्बन्धित निकायले ‘डेडिकेटेड’ हेलिकप्टरमार्फत हवाई निरीक्षण गरी निरन्तर अवस्थाको मूल्याङ्कन गरिरहेको छ।
Read full story at source (clickmandu.com)