इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लम हिमालको सफल आरोहण
ratopati.com · Sat May 23 09:07:53 GMT 2026
काठमाडौँ । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ ।
इन्डोनेसियन वुमेन्स रेड एन्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन–२०२६) अन्तर्गत गरिएको उक्त आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।
Read full story at source (ratopati.com)