बाजुराका सोह्र जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Tue Sep 08 03:56:07 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बाजुराका १६ जना अझै सम्पर्कविहीन छन् । रसुवाको टिमुरेमा बस्दै गरेका उनीहरूको भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तसँगको सम्पर्क टुटेको हो ।
सम्पर्कमा नआएका हिमाली–६ का विक्रम भण्डारीका नजिकका आफन्तले जिल्ला अस्पताल बाजुरा र दिपे सार्कीका नजिकका आफन्तले काठमाडौँमा डिएनए परीक्षणका लागि नमुना दिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)