अस्ट्रेलियाद्वारा नेपालप्रति समवेदना प्रकट: विपद्को घडीमा साथ दिने प्रतिबद्धता
nepalviews.com · Tue Sep 08 03:56:35 GMT 2026

काठमाडौं । नेपालमा हालै आएको प्राकृतिक विपद् र जनधनको क्षतिप्रति अस्ट्रेलिया सरकारले गहिरो दुः ख तथा समवेदना व्यक्त गरेको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै विपद्को यस कठिन घडीमा अस्ट्रेलिया नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता जनाएकी हुन् ।
शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र नेपाल सरकारप्रति सहानुभूति प्रकट गरेकी छन् । साथै, यस विपद्को समयमा प्रभावित भएका अस्ट्रेलियाली नागरिकहरूलाई नेपाल सरकार तथा नेपाली जनताले पुर्याएको सहयोग र उद्धार प्रयासका लागि उनले विशेष धन्यवाद तथा आभार व्यक्त गरिन् ।
Read full story at source (nepalviews.com)