नाट्य कृति ‘नो सिग्नल’ सार्वजनिक
nepalnews.com · Tue Jul 07 14:41:38 GMT 2026

काठमाडौँ। रंगकर्मी तथा लेखक सुबास अधिकारीको नयाँ नाट्यकृति ‘नो सिग्नल’ सार्वजनिक गरिएको छ। अधिकारीको पुस्तक रंगकर्मी पशुपति राई, घिमिरे युवराज र गुञ्जन दीक्षितले लोकार्पण गरेका हुन्।
शिल्पी थिएटर, बत्तीसपुतलीमा मंगलबार पुस्तक लोकार्पणसँगै आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा पशुपति राई, गुञ्जन दीक्षित र लेखक अधिकारीले नाटकको विषयवस्तु, मानव मनोविज्ञान तथा समसामयिक सान्दर्भिकताबारे धारणा राखे।
Read full story at source (nepalnews.com)