तीन दिनपछि खुल्दै बाजुरा–साँफे सडक, साँझसम्म पूरै जिल्लामा विद्युत् आपूर्ति हुने दाबी
nepalpress.com · Tue Sep 08 04:24:47 GMT 2026

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बाजुरा–साँफे सडकखण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक खुलाउन पहिरो पन्छाउने काम तीव्र पारिएको छ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले सडक खुलाउन निरन्तर प्रयास भइरहेको र केही घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। ‘हामीले निरन्तर प्रयास गरिरहेका छौँ। केही घण्टाभित्रै बाटो खुल्छ,’ उनले भने।
Read full story at source (nepalpress.com)