एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Sep 08 04:19:57 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१-०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्काे सवारी साधन (पिकअप) गाडीले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)