काठमाडौं उपत्यकामा ग्यासको हाहाकार
kendrabindu.com · Tue Sep 08 04:28:36 GMT 2026

काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई ग्यास बुलेट भित्रिन नसक्दा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको तीव्र अभाव देखिएको छ । काठमाडौंमा दैनिक ३५ देखि ४० हजार सिलिन्डर खपत हुने गरे पनि आपूर्ति प्रणाली ठप्पप्रायः हुँदा डिपोहरूमा खाली सिलिन्डरको लामो लाइन लाग्ने गरेको छ ।
जडीबुटीस्थित साल्ट ट्रेडिङको शाखा र सिफलस्थित एभरेस्ट ग्यास डिपो लगायत उपत्यकाका विभिन्न स्थानमा ग्यास लिन पुगेका सर्वसाधारणलाई डिपोहरूले एक महिनापछिको म्याद तोकेर टोकन थमाउने गरेका छन् । मागको तुलनामा न्यून मात्र आपूर्ति भएकाले ग्यास अभाव भएको हो ।
Read full story at source (kendrabindu.com)