अमेरिकी कूटनीतिज्ञहरूको फिर्तीलगत्तै किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, ६ जना घाइते
nepalviews.com · Tue Sep 08 04:28:45 GMT 2026

एजेन्सी । अमेरिकी शान्ति दूतहरू फर्किएलगत्तै रुसले मंगलबार बिहान युक्रेनको राजधानी किभमा पुनः हवाई आक्रमण सुरु गरेको छ। रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरी गरेको उक्त आक्रमणमा परी ६ जना घाइते भएको किभका मेयर भिटाली क्लित्स्कोले जानकारी दिएका छन्।
मेयर क्लित्स्कोका अनुसार क्षेप्यास्त्र प्रहारका कारण किभका विभिन्न स्थानमा आगो लागेको छ भने एक आवासीय भवनभित्र केही मानिसहरू फसेका छन्। किभ सैन्य प्रशासनले खसेको क्षेप्यास्त्रको भग्नावशेषले ५ तले र ३ तले आवासीय भवनहरूमा क्षति पुर्याएको जनाउँदै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको छ। किभमा ठूला विस्फोटको आवाज सुनिएलगत्तै छिमेकी देश पोल्याण्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि सैन्य विमानहरू परिचालन गरेको छ।
Read full story at source (nepalviews.com)