धादिङको परेवाटार–मास्टार सडक आज साँझ ६ बजेसम्म पूर्ण बन्द
canadanepal.com · Tue Sep 08 04:27:58 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल भोटेकोशीको बाढीले बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडक आज मर्मतका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक खण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि सम्पूर्ण सवारी साधनको आवगमन पूर्ण रूपमा रोक लगाइएको हो।
Read full story at source (canadanepal.com)