नर्वेका राजा हेराल्ड पाँचौँको निधन
baahrakhari.com · Fri Aug 28 10:02:00 GMT 2026

काठमाडौं । नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । नर्वेली राज दरबारका अनुसार, ओस्लोस्थित नेसनल अस्पतालमा बिहान ६:३५ बजे उनको निधन भएको हो ।
दोस्रो विश्वयुद्धका क्रममा नाजी कब्जाका बेला बाल्यकालमै परिवारसँगै अमेरिका निर्वासित भएका हेराल्ड युरोपकै सबैभन्दा बढी उमेरका बहालवाला राजा थिए । करिब तीन दशक लामो शासनकालमा उनले नर्वेको राजतन्त्रलाई आधुनिक र जनमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका बताइन्छ ।
Read full story at source (baahrakhari.com)