१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
nepalsamaya.com · Tue Jul 07 15:07:44 GMT 2026

सिरहा। हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। हरेक वर्खामा आउने बाढीका कारण सिरहा र धनुषाका हजारौँ नागरिक आवतजावतमा सास्ती भोग्न बाध्य छन्। नदीको बीचमा अधुरा पिलर र खिया लागेका फलामे डन्डी अहिले पनि पुल निर्माण अलपत्र परेको अवस्थाको प्रतीक बनेका छन्।
विसं २०६८ मा पुल निर्माण सुरु हुँदा स्थानीयवासीले वर्खायाममा सहज आवतजावत, प्रदेश राजधानी जनकपुरधामसम्म छोटो यात्रा, कृषि उपजको सहज ढुवानी तथा स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरेका थिए। तर पुल अझै सञ्चालनमा आउन सकेको छैन।
Read full story at source (nepalsamaya.com)