न्यान्सीको ‘अक्षरा’ सेन्सर पास
ratopati.com · Tue Sep 08 04:36:23 GMT 2026

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रदशर््न अनुमति पाएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिदै प्रदर्शनका लागि अनुमति दिएको हो । यो प्रमाणपत्रसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
Read full story at source (ratopati.com)