एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
aarthiknews.com

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था लगातार एक दशकसम्म कायम राखेको उपलब्धिका लागि नेपाललाई सम्मान गरेको छ । डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा टिमोर–लेस्टेको डिलीमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो।
बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको छ । डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राख्न सफल भएको भन्दै नेपाललाई सम्मान गरेको जनाएको छ।
Read full story at source (aarthiknews.com)