बारामा छतबाट खसेर एकजनाको मृत्यु
baahrakhari.com · Tue Jun 16 05:36:53 GMT 2026

निजगढ । बाराको कोल्हवी नगरपालिका–३, जुगुवा टोलमा मंगलबार (असार २) बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिहान करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा चोट लागेका चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)