‘प्रेस स्वतन्त्रताको मुख्य योद्धा पत्रकार’
barnanmedia.com · Sat May 23 10:09:40 GMT 2026

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गर्ने पत्रकारहरूले आफ्ना अधिकारका पक्षमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । जलेश्वरमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको १२औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले लोकतन्त्रप्रति हुने आक्रमणको पत्रकारले पहिलो पङ्क्तिमा उभिएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा होमिनुभएका यादवले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै मुखरित भएर पत्रकार बढ्नुपर्ने औँल्याउनुभयो । सङ्घीय सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गरेको प्रसङ्गमा शासकीय स्वरूपदेखि प्रदेश सिमाङ्कनसम्मका विषयमा घनीभूत छलफल हुनुपर्ने उहाँको भनाइ छ ।
Read full story at source (barnanmedia.com)