लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
corporatenepal.com · Tue Sep 08 04:56:39 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजे बस्ने भएको छ।
सभाले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ। यसैगरी, साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेस हुनेछ।
Read full story at source (corporatenepal.com)