हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ : शंकर पोख्रेल
nepalviews.com · Tue Sep 08 05:02:52 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले गत वर्षको ‘जेन जी विद्रोह’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोख्रेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन् ।
Read full story at source (nepalviews.com)