ट्रम्पको ‘ड्रिम प्रोजेक्ट’मा धक्का : बलुचिस्तानमा विद्रोह चर्किएपछि पाकिस्तानबाट दुर्लभ खनिजको अमेरिका निर्यात रोकियो
aarthiknews.com

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वाकांक्षी दुर्लभ खनिज (रेयर अर्थ मिनरल) आपूर्ति योजनामा ठूलो धक्का लागेको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अगस्ट महिनामा अमेरिका पठाउने तयारी गरिएको दुर्लभ खनिजको खेप सुरक्षा चुनौतीका कारण रोकिएको छ। यससँगै परियोजनामा संलग्न अमेरिकी कम्पनी यूएस स्ट्राटेजिक मेटल्स ९यूएसएसएम० को काम प्रभावित भएको छ भने कराँची र इस्लामाबादस्थित कम्पनीका कार्यालयमा समेत काम ठप्प भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) का विद्रोहीहरूले खानी क्षेत्रतर्फ जाने मुख्य सडकहरू अवरुद्ध गरेपछि उपकरण ढुवानी, कर्मचारीको आवतजावत र उत्पादन प्रक्रिया प्रभावित भएको बताइएको छ। यसले अमेरिकाले पाकिस्तानबाट दुर्लभ खनिज आयात गरेर चीनमाथिको निर्भरता घटाउने रणनीतिलाई ठूलो चुनौती थपेको विश्लेषण गरिएको छ।
Read full story at source (aarthiknews.com)