आफन्त आउने आशामा परिवार
gorkhapatraonline.com · Tue Sep 08 05:14:23 GMT 2026

यही भदौ १० गते आएको बाढीमा परी रुपन्देहीका १८ जना अझै बेपत्ता छन् । बाढी आएको १३ दिन बितिसक्दा पनि यथार्थ अवस्था पत्ता नलागेपछि परिवारजन खोजी र उद्धारको पर्खाइमा छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार बेपत्ता हुने सबै पुरुष छन् । उनीहरू १९ देखि ४५ वर्ष उमेर समूहका छन् । बेपत्ता हुनेमा जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा कर्मचारी, प्रहरी र सामान लिन रसुवा पुगेका सवारीचालक छन् ।
बेपत्ताको खोजीमा परिवार तथा आफन्तहरू त्रिशूली र नारायणी नदी किनारदेखि विभिन्न अस्पतालसम्म पुगेका छन् तर अहिलेसम्म आफन्तको अवस्थाबारे यकिन जानकारी पाउन सकेका छैनन् । रुपन्देही प्रशासनको विवरण अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाका तीन–तीन जना बेपत्ता छन् । सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिकाका दुई–दुई तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र रोहिणी गाउँपालिकाका एक–एक जना बेपत्ता रहेको प्रशासनको अभिलेखमा उल्लेख छ ।
Read full story at source (gorkhapatraonline.com)