नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँड दोषी ठहर (फैसलाको पूर्ण पाठ)
annapurnapost.com · Tue Jul 07 15:44:08 GMT 2026

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनुवाइ गर्दै उनीहरूलाई दोषी ठहर गरेको हो।
अदालतले कांग्रेस नेता खाँडलाई ठगी तथा संगठित अपराध कसूरमा मतियार रहेको ठहर गरेको छ। फैसलाअनुसार गृहमन्त्रीका रूपमा मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी प्रस्तावमा ‘छुट शरणार्थी दर्ता’को विषय उल्लेख नभएको र २०७८ असोज १४ गते तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले समिति गठन गर्ने निर्णयमा खाँडको प्रत्यक्ष संलग्नता नदेखिए पनि तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र प्रतिवादी केशवप्रसाद दुलालबीच भएको भाइबर संवादमा दुलाललाई मन्त्रीसँग भेट गराउने, मन्त्रीका लागि ‘गिफ्ट’ तथा सामान ल्याउनेबारे कुराकानी भएको देखिएको आदेशमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)