सल्यान–दाङ सडकखण्ड १३ घण्टापछि खुल्यो
gorkhapatraonline.com · Tue Sep 08 05:18:24 GMT 2026

अविरल वर्षापछि पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध भएको राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्ड करिब १३ घण्टापछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भएको अवरोधमध्ये मुख्य दुई स्थानको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कपुरकोट गाउँपालिका–५, खारखोलामा सोमबार राति ८ः५० बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक मङ्गलबार बिहान १०ः१३ बजे खुलेको हो । सडक खुले पनि उक्त स्थानमा साना सवारीसाधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)