जेन–जीको बलिदानको सम्मान गरौँ, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गरौँ - नेपाली काङ्ग्रेस
arthasansar.com · Tue Sep 08 05:20:52 GMT 2026

जेन–जी विद्रोह भएको आज एक वर्ष पूरा भएको छ । यस ऐतिहासिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण जेन–जी युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरका छन् । साथै, कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरका छन् ।
एक वर्षअघि जेन–जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूको आवाज केवल सरकार परिवर्तनका लागि थिएन । उनीहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेका थिए । तर २३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुग्यो ।
Read full story at source (arthasansar.com)