यातायात कार्यालय बाराका निमित्त प्रमुखको जिम्मेवारी खोसियो
annapurnapost.com · Tue Jul 07 15:58:23 GMT 2026

सिमराः सेवाग्राहीमाथि कार्यकक्षमै दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लागेका यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्य जिम्मेवारीमुक्त भएका छन्। हातपातको भिडियो सार्वजनिक भएर विवादमा तानिएपछि मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले आचार्यमाथि विभागीय कारबाही गरेको हो।
मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको जिम्मेवारी खोसेर उनलाई मन्त्रालयमा तानेको छ। यातायात व्यवस्था कार्यालय बाराको निमित्त प्रमुखको जिम्मेवारी अब अधिकृत रामस्वार्थ महतोलाई दिइएको मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहले जानकारी दिए।
Read full story at source (annapurnapost.com)