भदौ २४ को घटनामा सरकारको ढाकछोप स्वीकार्य छैन : गगन थापा
canadanepal.com · Sat May 23 11:04:01 GMT 2026

विराटनगर – नेपाली कांग्रेसका नेता गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारले आफ्नो प्रतिबद्धता अनुसार भदौ २४ गतेको घटनाको न्यायिक छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरे ।थापाले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनुपर्ने जिकिर गरे ।
Read full story at source (canadanepal.com)