"साक्षरतालाई जीवनस्तर सुधारको माध्यम बनाउन हामी प्रतिबद्ध छौँ"
ratopati.com · Tue Sep 08 05:50:34 GMT 2026

काठमाडौँ । आज सेप्टेम्बर ८ अर्थात् ६० औ अन्तर्राष्ट्रिय साक्षरता दिवस । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो।
देशबाट निरक्षरता उन्मूलन गर्ने लक्ष्यका साथ विगत डेढ दशकदेखि सञ्चालन गरिएको देशव्यापी अभियानका कारण अधिकांश स्थानीय तह साक्षर भए तापनि अझै ११२ वटा स्थानीय तहमा निरक्षरता कायम रहेको छ। हालसम्म ६८ वटा जिल्ला पूर्ण साक्षर घोषित भइसकेका छन् भने कर्णाली प्रदेशको डोल्पा र मधेस प्रदेशका सबै आठ जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। विशेष गरी मधेस प्रदेशका कूल १३६ स्थानीय तहमध्ये हालसम्म २५ वटा मात्र पूर्ण साक्षर घोषित भएका छन् भने अन्य २५ वटा साक्षर घोषणाको अन्तिम तयारीमा छन् । यसै सन्दर्भमा शिक्षा मन्त्रालयका सहप्रवक्ता वीर बहादुर धामी सँग गरिएको कुराकानी:
Read full story at source (ratopati.com)