मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान कांग्रेसको माग, आलोचनालाई शत्रु नठान्न चेतावनी
nepalpress.com · Tue Sep 08 05:53:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘२३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुग्यो । यी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ ।’
Read full story at source (nepalpress.com)