सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ७ लाख ५ हजार कित्ता शेयर बिक्रीमा
barnanmedia.com · Tue Jun 16 06:37:44 GMT 2026

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।
Read full story at source (barnanmedia.com)