पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा, उपाध्यक्षमा सौगात
nepalpress.com · Tue Sep 08 05:58:29 GMT 2026

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् ।
गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको हो।
Read full story at source (nepalpress.com)