देश तथा जनताको कल्याणको कामना गर्दै राष्ट्रपतिले गरे पशुपतिमा पूजा
annapurnapost.com · Tue Sep 08 06:03:00 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका हुन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले जाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
Read full story at source (annapurnapost.com)