नुवाकोटमा पठाइयो हैजाविरुद्धको ८० हजार बढी खोप
annapurnapost.com · Tue Sep 08 06:11:00 GMT 2026

काठमाडौं : बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको हो।
रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। बिहिबार देखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ।
Read full story at source (annapurnapost.com)