‘माया बस्छ कि के हो’ असोज २ बाट प्रदर्शनमा आउने
ratopati.com · Tue Sep 08 06:19:44 GMT 2026

काठमाडौँ । फिल्म हो ‘माया बस्छ कि के हो !’ असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । ट्रेलरमा अभिनेता सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा देखिएका छन् । ट्रेलरले अध्ययन तथा रोजगारीका लागि बिदेसिएका युवा युवतीको प्रेम प्रसङ्ग,सम्पूर्ण तथा मतभेदको कथा देखाउँछ ।
राजु अधिकारीको निर्देशन रहेका फिल्म युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको हो । शरद अधिकारी र बहादुर सिंह तामाङ निर्माता रहेको फिल्ममा रामप्रसाद चौधरीले सम्पादन छ ।
Read full story at source (ratopati.com)