चाडपर्वको मुखमा आपूर्ति शृङ्खला टुट्ने र कालोबजारी बढ्ने खतरा
ratopati.com · Tue Sep 08 06:15:14 GMT 2026

काठमाडौँ । नेपालीहरूको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा उत्पन्न प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा गम्भीर असर पर्ने देखिएको छ । भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि सिर्जना भएको असहज परिस्थितिप्रतिको गम्भीर ध्यानाकर्षण गराउँदै उपभोक्ता जागरण अभियान–नेपालले नेपाल सरकारसँग प्रभावकारी बजार नियमन र वस्तु तथा सेवाको सहज आपूर्तिको जोडदार माग गरेको छ ।
भक्तपुरको लोकन्थलीमा सम्पन्न उपभोक्ता जागरण अभियान–नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले यसै विषयलाई प्राथमिकताका साथ उठाउँदै एक महत्वपूर्ण निर्णय पारित गरेको हो । सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र अनुचित व्यापारीਕ क्रियाकलापलाई रोक्न कडा कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
Read full story at source (ratopati.com)