‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
barnanmedia.com · Sat May 23 11:37:37 GMT 2026

काठमाडौँ, ९ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गर्नुभएको छ ।
स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
Read full story at source (barnanmedia.com)