लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसाभा, बुक क्लोज कहिले ?
arthasansar.com · Tue Sep 08 06:22:12 GMT 2026

ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले असोज १६ गतेका लागि २० औँ साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभाले बैंकले घोषणा गरेको आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्ने छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सभा बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने छ । सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ । त्यस्तै बैंकका सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिनेछ ।
Read full story at source (arthasansar.com)