भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
barnanmedia.com · Tue Sep 08 06:27:38 GMT 2026

चितवन, २३ भदौः यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् । कैदीबन्दीले रु १०० देखि रु दुई हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । रु तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।
Read full story at source (barnanmedia.com)